Friday, July 11, 2025
Koshisamman
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे
No Result
View All Result
Koshisamman

नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

काेशी सम्मान by काेशी सम्मान
December 10, 2023
in Uncategorized
0
नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना
0
SHARES
Share on FacebookShare on Twitter

भैरहवा — गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै आइतबारदेखि विमानस्थलमा धर्ना सुरू भएको छ ।

नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तराष्ट्रिय उडान गर्न सरकार उदासिन रहेको भन्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको अगुवाइमा धर्ना सुरू भएको हो ।

सञ्जालले गत कात्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गर्दै विरोध कार्यक्रम सार्वजनिक गरेको थियो । जसअर्न्तगत शुक्रबार सञ्जालको आव्हानमा निजी क्षेत्रले भैरहवामा बिरोध र्‍याली गरेको थियो ।

धर्ना कार्यक्रममा सहभागी लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले सरकारको नेतृत्वमा बस्नेले विकास र समृद्धिका कुरा गरिरहँदा भैरहवामा भने निर्माण सम्पन्न भैसेकको अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गरिदिनुपर्‍यो भनेर धर्नामा बस्नुपर्ने अवस्था बिडम्बनापूर्ण भएको बताए ।

‘यदि यो विमानस्थल प्रदेस सरकारको मातहतमा भएको भए अन्तर्राष्ट्रिय उडान सञ्चालन भइसक्ने थियो । संघको मातहतमा भएकाले यो समस्या आएको हो’ उनले भने, ‘यो विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको पछाडि पर्यटन व्यवसायका विभिन्न माफिया र दादागिरी नै हो ।’

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलसँग लुम्बिनी प्रदेशसँगै समग्र मुलुककै भविष्य जोडिएकाले लुम्बिनी प्रदेशका सबै जनप्रतिनीधिले आफ्नो पदको बलिदानी दिने बेला आएको उनले बताए । ‘यदि यो विमानस्थल चलेन भने हामी जनप्रतिनीधि र सरकारमा मन्त्री बनेर बस्नुको कुनै औचित्य हुँदैन’ उनले भने ।

लुम्बिनी प्रदेश सभा सदस्य बसिउद्धिन खानले लुम्बिनी प्रदेसको सम्पूर्ण प्रदेस सभा सदस्यको तर्फबाट धर्नामा आफ्नो उपस्थिति रहेको र आवश्यक परेमा हजारौं जनता धर्ना कार्यक्रममा उतार्ने बताए ।

सिद्धार्थनगर नपा–४ का वडाअध्यक्ष मुक्तिनाथ यादवले विमानस्थल निर्माणका लागि सयौं स्थानीय बासिन्दाले आफ्नो सम्पूर्ण घरखेत समेत दिएर बेघरबार बनेको बताए ।

उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेसका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले विमानस्थल निर्माणमा अर्बौं लगानी गरेको सरकारले नीजि क्षेत्रलाई पर्यटन विकासका लागि पूर्वाधार बनाउन भनेर पहिला उक्साउने र अहिले पछार्ने काम गरेको आरोप लगाए ।

सञ्जालको चरणबद्ध आन्दोलन कार्यक्रम अर्न्तगत आइतबारदेखि सुरु भएको धर्ना अर्को निर्णय नहुञ्जेल सम्मकालागि निरन्तर रहने जानकारी सञ्जालका प्रचार प्रचार संयोजक मधु पन्थीले दिए । उनका अनुसार, दैनिक २ घण्टाका दरले धर्ना कार्यक्रम विमानस्थल परिसरमा सञ्चालन हुनेछ ।

Previous Post

बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

Next Post

आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

Related Posts

Hello world!

April 3, 2022

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी
समाचार

कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

by काेशी सम्मान
October 9, 2024
0

विराटनगर । कोशी प्रदेश सरकारले आँखा रोग उपचारका लागि प्रभावकारी सेवा प्रदेश भरी विस्तार गर्न आवश्यक छलफल सुरु गरेको छ...

Read more
बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

October 9, 2024
आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

October 9, 2024
नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

December 10, 2023
बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

October 1, 2022

लाेकप्रिय

  • बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

    बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

    0 shares
    Share 0 Tweet 0
  • ५ औ प्रकाशपुर च्यालेन्ज कपको उपाधि इनरुवा इभेन्ट म्यानेजमेन्ट लाई

    0 shares
    Share 0 Tweet 0
  • वराहक्षेत्र नगरपालिका वडा नम्बर २ र ७ जोडिने उप्रेती चाैक देखि रेल्वे बुद्ध चाैक सम्मको बाटो जीर्ण बन्दै

    0 shares
    Share 0 Tweet 0
  • नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

    0 shares
    Share 0 Tweet 0
  • कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter

कोशीसम्मान साप्ताहिकको सह-प्रकाशन

सम्पर्क ठेगाना

काेशी सम्मान साप्ताहिक तथा काेशीसम्मान डटकम
ठेगाना : बराहक्षेत्र ६, सुनसरी
माेबाइल : ९८०४०४४९०३
इमेल : koshisamman.com@gmail.com

हाम्राे टिम

सम्पादक : हिरण्य कार्की
अतिथि सम्पादक :
सल्लाहकार :

© KOSHI SAMMAN 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे

© KOSHI SAMMAN 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist