प्रकाशपुर ःसुनसरीको बराहक्षेत्र १०, प्रकाशपुर स्थित प्रकाश माविको खेल मैदानमा भएको ५ औ प्रकाशपुर च्यालेन्ज कपको उपाधि इनरुवा इभेन्ट म्यानेजमेन्ट इनरुवा,सुनसरीले हात पारेको छ ।
मंगलवार भएको फाइनल खेलमा पहिलो हापको १८ औ मिनेटमा इनरुवा इभेन्टका जर्सी नम्वर ११ का विनोद राईले १ गोल र जर्सी नम्वर ७ का सुमित तामाङ्गले हेड बाट पहिलो हापको २९ औ मिनेटमा गरेको १ गोलले उपाधि हात पारेको हो ।
विपक्षी पञ्चकन्या फुटबल क्लब उदयपुरले कुनै गोल गर्न नसक्दा २–० गोल अन्तरले पराजित गर्दै इनरुवा इभेन्टले प्रथम उपाधि र उपविजेता पञ्चकन्या फुटबल क्लब उदयपुर भएको छ ।
विजेता र उपविजेतालाई बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की, ८ नम्वर वडा अध्यक्ष रोशन खड्का र १० नम्वर वडा अध्यक्ष तेज बहादुर गुरुङ्ग ले विजेता इनरुवा इभेन्टलाई ५५ हजार नगत, शिल्ड,पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।
उपविजेता पञ्चकन्या फुटबल क्लब उदयपुरलाई ३५ हजार नगद, शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।
हाइ स्कोर पुरस्कार पञ्चकन्याका जर्सी नम्वर ९ का सविन थापाले प्रप्त गरेका छन् । उनले खेल अवधिभर ४ गोल गरेका थिए । बेस्ट प्लेयर पनि पञ्चकन्याकै जर्सी नम्वर ६ को सन्तोष दाहाल भए । राइजिङ्ग प्लेयर आयोजक प्रकाशपुर फुटबल क्लब प्रकाशपुरका राम चौधरी भएका छन् । बेस्ट डिफेन्डर इनरुवा इभेन्टका जर्सी नम्वर १२ का रोवन साफी भएका छन् । बेस्ट मिड फिल्टर इभेन्टकै जर्सी नम्वर १८ का प्रताप चौधरी भए ।
उत्कृष्ट गोल रक्षक पञ्चकन्याका रोशन राई भएका छन् । आजको फाइनल खेलको म्यान आफ द म्याच इनरुवा इभेन्टका जर्सी नम्वर ११ का विनोद राई घोषित भए । उनीहरुलाई नगद, ट्रफि र प्रमाणपत्र आयोजक प्रकाशपुर फुटबल क्लबका अध्यक्ष युवराज लिम्वु, उपाअध्यक्ष रमेश कार्की र सचिव सनम मगरले प्रदान गरेका थिए ।
साउन १७ गते देखि २४ गतेसम्म संचालन भएको खेलमा इनरुवा इभेन्ट म्यानेजमेन्ट इनरुवा, राजाबास युथ क्लब राजाबास बराहक्षेत्र ९, सप्तकोशी युवा क्लब देबीघाट बराहक्षेत्र ७, तालतैलया फुटबल क्लब इटहरी , सालवनी फुटबल क्लब सालवनी बराहक्षेत्र ८, गोल्डेन स्टार यूथ क्लब दुहबी भलुवा, प्रकाशपुर फुटबल क्लब बराहक्षेत्र १० प्रकाशपुर, पञ्चकन्या फुटबल क्लब उदयपुरको सहभागिता रहेको थियो ।
उक्त खेलको प्रायोजक बराहक्षेत्र नगर खेलकुद विकास समिति र सह प्रायोजक बराहक्षेत्र वडा नंं.१० कार्यलय रहेको थियो भने आयोजक प्रकाशपुर फुटबल क्लब रहेको थियो ।