बराहक्षेत्र ः सुनसरीको बराहक्षेत्र १०, प्रकाशपुरमा जारी ५ औ प्रकाशपुर च्यालेन्ज कपको चौथो दिन शुक्रवार सम्पन्न खेलमा प्रकाशपुर फुटबल क्लब बराहक्षेत्र १०, प्रकाशपुरलाई १–० गोल अन्तरले पराजित गर्दै पञ्चकन्या फुटबल क्लब उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो हापको खेल सुरु भएको १९ मिनेटमा पञ्चकन्याका जर्सी नम्वर १७ का प्रविन श्रेष्टले जर्सी नम्वर ६ का सन्तोष दाहालको पासमा गोल गरी आप्mनो टीमलाई अग्रता दिलाएका थिए ।
दुबैै टिम बिच कडा प्रतिष्पर्धात्मक खेल भएपनि बराबरीकै अवसर पाएका पञ्चकन्याका र प्रकाशपुरका खेलाडीले अवसरको सदुपयोग गर्न नसक्दा प्रकाशपुर फुटबल क्लबले हार बेहोर्नु परेको थियो ।
आजको खेलमा पहिलो हापमा पञ्चकन्याले दुई कर्नर, दुई फ्रिकिक पाएको थियो । प्रकाशपुरले कर्नर एक र फ्रिकिक तिन वटा पाएको थियो ।
आजको खेलमा प्रकाशपुर फुटबल क्लबका जर्सी नम्बर ११ का युवराज श्रेष्ठलाई पहिलो हापको २४ औ मिनेटमा रेफ्री यसराज राईले पहेंलो कार्ड दिएका थिए ।
दोस्रो हापमा पञ्चकन्याले कर्नर दुई र फ्रिकिक दुईको अवसर पाएको थियो । प्रकाशपुर फुटबल क्लबले कर्नर एक र फ्रिकिक चाँर वटा पाएपनि अवसर लाई सदुपयोग गर्न नसक्दा आयोजक टिमले हार बेहोर्नु परेको थियो ।
पञ्चकन्याका खेलाडी जर्सी नम्बर १७ का प्रविन श्रेष्ठले गरेको १ गोलले नै विजय हुँदै पञ्चकन्या फुटबल क्लब उदयपुरले सेमी फाइनलको यात्रा तय गरेको छ ।
आजको खेलको म्यान अफ द म्याच पञ्चकन्या फुटबल क्लबका जर्सी नम्बर १७ का प्रविन श्रेष्ठ घोषित भए । उनलाई आयोजकले नगद, मेडल प्रदान गरेको प्रकाशपुर फुटबल क्लबका अध्यक्ष युवराज लिम्बुले बताए ।
पहिलो राउण्डको खेल सकिए सँगै भोलि शनिबारबाट सेमी फाइनलको पहिलो खेल इनरुवा इभेन्ट म्यानेजमेन्ट, इनरुवा र तालतलैया फुटबल क्लब इटहरीबिच हुने आयोजकले जनाएको छ ।