बराहक्षेत्र ः सुनसरीको बराहक्षेत्र १०, प्रकाशपुरमा जारी ५ औ प्रकाशपुर च्यालेन्ज कपको तेस्रो दिन विहिवार सम्पन्न खेलमा सप्तकोशी युवा क्लब देवीघाट बराहक्षेत्र ७ लाई १–० गोलअन्तरले पराजित गर्दै तालतैलया फुटबल क्लब इटहरी सेमी फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो हापको खेल सुरु भएको १७ मिनेटमा तालतैलयाका जर्सी नं।९ का सुजन कार्कीले पाएको फ्रि बलको सदुपयोग गर्दै डिबक्स एरियाबाट हानेको सुटले नै गोल गरेर आप्mनो टीमलाई अग्रता दिलाएका थिए ।
दुबै टिम बिच कडा प्रतिष्पर्धात्मक खेल भएपनि बराबरीकै अवसर पाएका सप्तकोशी र तालतैलयाका खेलाडीले अवसरको सदुपयोग गर्न नसक्दा देवीघाटले हार बेहोर्नु परेको थियो ।
अतिरिक्त खेलाडीका रूपमा दोस्रो हापको सातौ मिनेटमा मैदानमा प्रवेश गरेका तालतलैयाका खेलाडी सुजन कार्कीले गरेको गोलले नै विजयी हुँदै तालतलैया फुटबल क्लब सेमी फाइनलको बाटो तय गरेको छ । आजको खेलमा तालतलैया फुटबल क्लबका जर्सी नम्बर ९ का सुजन कार्की म्यान आ द म्याच घोषित भए । उनलाई बराहक्षेत्र नगर खेलकूद विकास संयोजक कपिल आचार्यले नगद, मेडल प्रदान गरेको स्थानीय जीवन कार्कीले जानकारी दिए ।
शुक्रबार हुने खेल आयोजक प्रकाशपुर फुटबल क्लब बराहक्षेत्र १० प्रकाशपुर र पञ्चकन्या फुटबल क्लब उदयपुर बिच हुने प्रकाशपुर फुटबल क्लबका सचिब सनम मगरले जानकारी दिए ।