Tuesday, May 20, 2025
Koshisamman
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे
No Result
View All Result
Koshisamman

आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

दसैँ

काेशी सम्मान by काेशी सम्मान
October 9, 2024
in राष्ट्रिय, समाचार
0
आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ। आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प ९एक प्रकारको फूल० तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ ।

नवरात्रको पहिलो दिन यही असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन आइतबार र पाँचौँ दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

दुवै दिन सूर्योदय कालमा चौँथी तिथि परेकाले दुवै दिन कुष्माण्डा देवीको पूजा आराधना गर्नुपर्ने शास्त्रीय नियम भएकाले त्यसैअनुसार गरिएको हो । आश्विन शुक्ल षष्ठीका दिन मङ्गलबार स्कन्दमाता देवीको पूजा आराधना गरियो ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्पराअनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रुपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रुपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व धुमधामका साथ मनाउँछन् ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, दक्षिणकाली, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गर्छ ।

राजधानीका अधिकांश शक्तिपीठमा दिनभर नै भक्तजनको घुइँचो हुने गरेको छ । बेलुकी आरतीदेखि नै शक्तिपीठमा दीपावली गरिएकाले दर्शनका लागि बेलुकी मनिदर धाउने भक्तजन पनि बढ्न थालेका छन् ।

Previous Post

नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

Next Post

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

Related Posts

कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

October 9, 2024
बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

October 9, 2024
कार्यालय समय बढाएसगै, हप्तामा २ दिन सार्वजनिक बिदा

कार्यालय समय बढाएसगै, हप्तामा २ दिन सार्वजनिक बिदा

April 28, 2022
जीप दुर्घटनामा परि १० जना घाईते

जीप दुर्घटनामा परि १० जना घाईते

April 28, 2022

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी
समाचार

कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

by काेशी सम्मान
October 9, 2024
0

विराटनगर । कोशी प्रदेश सरकारले आँखा रोग उपचारका लागि प्रभावकारी सेवा प्रदेश भरी विस्तार गर्न आवश्यक छलफल सुरु गरेको छ...

Read more
बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

October 9, 2024
आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

October 9, 2024
नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

December 10, 2023
बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

October 1, 2022

लाेकप्रिय

  • बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

    बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

    0 shares
    Share 0 Tweet 0
  • ५ औ प्रकाशपुर च्यालेन्ज कपको उपाधि इनरुवा इभेन्ट म्यानेजमेन्ट लाई

    0 shares
    Share 0 Tweet 0
  • वराहक्षेत्र नगरपालिका वडा नम्बर २ र ७ जोडिने उप्रेती चाैक देखि रेल्वे बुद्ध चाैक सम्मको बाटो जीर्ण बन्दै

    0 shares
    Share 0 Tweet 0
  • कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

    0 shares
    Share 0 Tweet 0
  • नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter

कोशीसम्मान साप्ताहिकको सह-प्रकाशन

सम्पर्क ठेगाना

काेशी सम्मान साप्ताहिक तथा काेशीसम्मान डटकम
ठेगाना : बराहक्षेत्र ६, सुनसरी
माेबाइल : ९८०४०४४९०३
इमेल : koshisamman.com@gmail.com

हाम्राे टिम

सम्पादक : हिरण्य कार्की
अतिथि सम्पादक :
सल्लाहकार :

© KOSHI SAMMAN 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे

© KOSHI SAMMAN 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist