काठमान्डौ । दाङ जिल्लाको तुलसीपुरमा आज दिउसो जिप दुर्घटना हुँदा १० जना घाईते भएका छन् ।
घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाकी दिएको छ । रा १ ज ५१० नम्बरको जिप राप्ती राजमार्ग अन्तर्गत तुलसीपर ३ चोर खोला नजिकै दुघटना भएको थियो । घुम्ती बाटोमा जीपको गति तीब्र भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।
घाइते भएका ५ जनालाई राप्ती प्रादेशिक अस्पताल र अरु बाकी ५जना लाई थप उपचारका लागी बाँके कोहलपुर पठाईएको छ । घाइते भएकाहरुको परिचय खुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।