चक्रघटी : बराहक्षेत्र नगरपालिका दुवारा आयोजित दुई दिने स्वास्थ शिविर सम्पन्न भएको छ । उक्त नि:शुल्क शिविर बाट ३ सय ३७ जना विमारीले शिविर लाभलीएका छ्न ।
आई एन एफ नेपाल हरियोखर्क अस्पताल पाेखराकाे प्राविधिक सहयोगमा बराहक्षेत्र नगरपालिकाको वडा नं १ को सूर्यकुण्ड र वडा नं ६ र ९ को श्रीलंकाटप्पुमा शिविर आयोजना गरिएको थियो ।
नि : शुल्क शिविरमा विभिन्न रोगका ३ सय ३७ जना बिमारीहरूले स्वास्थ्य परिक्षण गरि लाभान्वित भएका छन । शिविरमा नशा, हाडजोर्नी, आखाँ, नाक, कान, घाँटी, प्रेशर सुगर लगायका बिरामिहरुले परीक्षण सहित औसधि उपचारको सेवा लिएका थिए ।
शिविरमा वरिष्ठ जनरल फिजिसियन डा. प्रकाश कार्की, स्त्रीरोग विशेषज्ञ डा. निशा अधिकारीसहितको टोलीले स्वास्थ्य उपचार सेवा दिएका थिए । आई एन एफ नेपाल हरियोखर्क अस्पतालले नेपालका विभिन्न गाउँ वस्तीमा गई स्वास्थ्य सेवा प्रदान गरीरहेको सामुदायिक चिकित्सा आउटरिच परियोजनाका संयोजक ज्योति बहादुर क्षेत्रीले जानकारी दिए ।
शिविरमा बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की ६ नं वडा अध्यक्ष उद्वव पाेखरेल , वडा नं १ का वडा अध्यक्ष किसन थापा मगर सहित स्वास्थ्य शाखाका उमेश मेहेता लगाएतको प्रत्यक्ष उपस्थितीमा सिविर सम्पन्न भएको हो ।