बराहक्षेत्र ः सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की भदौ ४ गते शनिबार प्रकाशपुर आउने भएका छन् । बराहक्षेत्र नगरपालिका वडा नं. १० को आयोजनमा हुने नेपाल टेलीकमको फाइबर नेटवर्क विस्तार तथा शुभारभ कार्यक्रममा प्रमूख आतिथ्यको रुपमा मन्त्री कार्की सुनसरीको प्रकाशपुर आउने भएका हुन । मन्त्री कार्कीले बराहक्षेत्र नगरपालिका वडा नं. १० को कार्यलयमा नेपाल टेलीकमको फाइबर नेटवर्क र लेन्ड लाइन फनको शुभारभ गर्ने कार्यक्रम रहेको १० नम्वर वडा कार्यलयले जनाएको छ । भदौ ४ गते शनिवार विहान ११ बजेको कार्यक्रम तय गरीएको वडा अध्यक्ष तेज बहादुर गुरुङ्गले वताए । सादगी नेताका रूपमा परिचित मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरीमा विकासप्रमी नेताका रूपमा परिचित छन् । मन्त्री कार्कीकै पहलमा बराहक्षेत्र १०, प्रकाशपुरमा नेपाल टेलीकमको फाइबर नेट सेवा सुरु भएको हो । प्रकाशपुर बजार एरिया र गाउँका चौकहरु सम्म टेलिकमको फाईबर नेट विस्तारको काम सकिएको टेलिकमका प्रविधिक अधिकृत सत्रुधन चौधरीले जानकारी दिए । तत्काल बराहक्षेत्र १०, प्रकाशपुरमा पोइन्ट राखेर नेट विस्तार काम सम्पन्न भएको छ । भदौ भित्रै उपभोक्ता हरुलाई सेवा दिने गरी काम सम्पन्न गरिएको छ । बराहक्षेत्रको अन्य स्थान र राजाबासदेखि चक्रघटीसम्म नेट विस्तार हुने बताइएको छ । यता भोक्राहा नहरसिङ र कोशी गाउँपालिका क्षेत्रमा विस्ता हुदै जाने नेपाल टेलिकम इनरुवाका प्रमुख जियालाल मेहताले बताए । सुनसरीको ४ नम्वर क्षेत्रअन्र्तगत बराहक्षेत्र नगर पलिका ६,७,८,९,१० र ११, भोक्राह नहरसिङ र कोशी गाउँपालिका, हरिनगरा गाँउपालिका पर्छ भने इनरुवाको वडा न.ं ३, ८ र रामधुनी नगरपालिकाको ४ नम्वर वडा वर्तमान सूचना प्रविधि मन्त्रि ज्ञनेन्द्र बहादुर कार्कीको क्षेत्र पर्छ । मन्त्री कार्कीको पहलमा सुनसरीको ४ नम्वर क्षेत्र र सुनसरी जिल्लामै विकाशका कामहरु थैप्रै भएका छन् ।