प्रकाशपुर ः सुनसरीको बराहक्षेत्र १०, प्रकाशपुरमा नेपाल टेलीकमको फाइबर नेट सेवा सुरु हुने भएको छ ।
प्रकाशपुर बजार एरिया र गाउँका चौकहरु सम्म टेलिकमको फाईबर नेट सेवा पुग्ने भएको हो ।
विकासमा अघि बढ्दै गरेको बराहक्षेत्र नगरपालिकामा टेलिकमको फाइबर नेट आउने भएपछि स्थानीयहरु समेत खुसी भएका छन् । फाइबर नेट भरर्पर्दो नेट भएको सुनेको छु , सुरु भएपछि नेट जोड्ने सुरमा रहेका स्थानीय श्याम कटुवालले सुनाए ।
अरु बजारमा भएका नेटभन्दा भरपर्दो नेट टेलिकमको भएको नेट प्रयोग गरिरहेका इटहरीका पत्रकार राम बहादुर कटुवाल बताउछन् । उनी भन्छन,“नेट जडन गरेदेखी एक पटकपनि कम्प्लेन गर्नु परेको छैन ।”
तत्काल बराहक्षेत्र १०, प्रकाशपुरमा पोइन्ट राखेर नेट विस्तार गर्नको लागि काम भइरहेको छ । भदौ भित्रै उपभोक्ता हरुलाई सेवा दिने गरी काम भइरहेको नेपाल टेलिकम इनरुवाका प्रमुख जियालाल मेहताले बताए ।
इटहरी, धरान, दुहवी, झुम्का पछि प्रकाशपुरमा नेट विस्तार भएको हो । “इनरुवा नगरपालिकाको पुरै शहरमा नेट विस्तार भईसकेको छ भने धरान, इटहरी, दुहवि र झुम्कामाको सबै स्थानमा पुगिसकेको छैन ।”
बराहक्षेत्रको राजाबासदेखि चक्रघटीसम्म विस्तार हुने बताइएको छ । यता भोक्राहा नहरसिङ र कोशी गाउँपालिका क्षेत्रमा विस्ता हुदै जाने मेहताले वताए ।
वर्तमान सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्रि ज्ञनेन्द्र बहादुर कार्कीको क्षेत्र सुनसरीको ४ नम्वर क्षेत्रअन्र्तगत बराहक्षेत्र नगर पलिका ६,७,८,९,१० र ११, भोक्राह नहरसिङ र कोशी गाउँपालिका, हरिनगरा गाँउपालिका पर्छ भने इनरुवाको वडा न.ं ३, ८ र रामधुनी नगरपालिकाको ४ नम्वर वडा पर्छ । मन्त्री कार्कीकै पहलमा नेपाल टेलिकमको फाइबर नेट जोड्ने काम भइरहेको छ ।
नेताहरूमा सादगी नेताका रूपमा परिचित मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरीमा विकासप्रमी नेताका रूपमा परिचित छन् ।
नेपाल टेलिकमले प्रकाशपुर क्षेत्रमा छिटै ग्राहकमाझ ल्याउन आटेको फाइबर नेटमा इन्टरनेट, टिभी, भ्वाइस सेवाको प्याकेज रहेको छ । टेलिकमले निर्धारण गरेको दर रेटमा सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ ।